
काठमाडौं । लकडाउन खुलेसंगै देशैभरी कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । देशैभरीको भन्दा काठमाडौं उपत्यकामा पछिल्लो समय संक्रमणको अवस्था डरलाग्दो हुँदैछ ।
पछिल्लो अपडेटअनुसार काठमाडौँ महानगरपालिकामा मात्रैसङ्क्रमितको सङ्ख्या करिब १० हजार पुगेको छ । महानगरकाअनुसार हालसम्म ९ हजार ८२५ जना संक्रमित भएका छन् । यसमध्ये सबैभन्दा बढी १५ नं वडाका मा ८७१ सङ्क्रमित रहेका छन् ।
त्यसपछि वडा नं ३, ११, १३, १६ मा पनि ५०० भन्दा बढी सङ्क्रमित रहेको कामपा जनस्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरले बताए । उनकाअनुसार होम आइसोलेसनमा बस्नेको सङ्ख्या २ हजार ९९० रहेको छ भने अस्पतालमा उपचार गराइरहेकाको संख्या ५७२ र संस्थागत आइसोलेसनमा रहेको संख्या ५८३ रहेका छ ।
महानगरमा कोरोनाबाट ८० जनाको मृत्यु भएको छ । सरकारले भने अनुरुप पछिल्लो समय भौतिक दूरी कायम र मास्कको समुचित प्रयोगमा हेलचक्र्याइँ बढेपछि काठमाडौँ उपत्यका कोरोना भाइरस सङ्क्रमणको केन्द्र बनेको विज्ञहरुके भनाई छ ।











