डा. केसीको अवस्था नाजुक बन्दै तर सरकारसंगको वार्ता निरन्तर असफल


काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै १९औं पटक अनशन बसेका डा. गोविन्द केसीको अवस्था नाजुक बन्दै गइरहेको छ ।
डा.केसी अनशन बसेको शनिवार २७ दिन पुगेको छ तर उनका मागबारे सरकारले वार्ताको पहल गरे पनि असफल हुँदै आएका छन् ।

शुक्रबार राती सम्पन्न डा. केसी र सरकार पक्षबीचको पछिल्लो वार्ता असफल भएपछि उनका माग संवोधन हुने अझै अन्योल देखिन्छ ।
शुक्रबार साँझ ९ बजेदेखि सिंहदरवारमा बसेको वार्ता निष्कर्षविहीन टुंगिएपछि डा. केसीको अनशन तत्कालै तोडिने संकेत देखिन्न् ।

तर डा. केसीको अवस्था नाजुक बन्दै गइरहेको उनको हेरचाहमा खटिएका स्वास्थ्यकर्मी बताउँछन् । डा. केसीको जीवन रक्षाका लागि सरकारले बेवास्ता गरेको र अन्त्यमा वार्ता निष्कर्षविहीन भएको । केसीका पक्षबाट वार्ता टोलीका संयोजक डा. जीवन क्षेत्रीको भनाई छ ।

यसअघि बिहीबार पनि सरकार र डा.केसी पक्षबीच वार्ता भएको थियो। त्यो वार्ता पनि असफल भएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार