
काठमाडौं । अभद्र व्यवहार सम्बन्धी कसूरमा पक्राउ परेकी अभियन्ता ज्वाला संग्रौलालाई अझै ३ दिन हिरासतमा राख्न अनुमति दिइएको छ । हिजो काठमाडौबाट पक्राउ परेकी अभियन्ता संग्रौलालाई प्रहरीले थप अनुसंन्धानका लागि हिरासतमा राख्नुपर्ने माग गरेपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आज अनुमति दिएको हो ।
संग्रौलासँगै उनका श्रीमान हिमाल उपाध्याय र शर्मिला वाइवालाई पनि ३ दिन थुनामा राख्न अनुमति दिइएको छ ।
युवा संघकी नेतृ खुश्बु (नविता) घिमिरेले दिएको कुटपिटको उजुरीका आधारमा संग्रौलासहित उपाध्याय र वाइबा हिजो पक्राउ परेका थिए।
उनिविरुद्ध उजुरी दिने खुश्बु संग्रौलाकी पुरानी साथी पनि हुन् । खुश्बु उनि पनि केहि समय जपान बसेर आएकी हुन् ।
संग्रौलामाथि अर्को मुद्धा पनि लाग्ने देखिएको छ । उनले केहि दिनअघि महाराजगञ्ज प्रहरीका असई मणिकान्त झालाई मधेसी भन्दै विभेद गरेको भिडियो सार्वजनक भएको थियो । उनको उक्त रंगभेदी अभिव्यक्तिलाई लिएर कारवाहीको माग गर्दै सामाजिकसंजालमा विरोध समेत भएको थियो । प्रहरीमाथि गरेको दुर्व्यवहारमा समेत अनुसन्धन गरिने प्रहरीले बताएको छ ।
आफुलाई अभियन्ता भन्ने संग्रौलाले सामाजिक संजालमार्फत विभिन्न घटनामा खरो अधिब्यक्ति दिदैं आएकी थिइन । उनले जापानमा बस्दा सामाजिकसंजालमार्फत नेपालका नेता, राजनीति, र समसामहिक बिषयमा कडा अभिब्यक्ति दिने गरेकी थिइन ।
संग्रैलाले सामाजिकसंजालमार्फत रकम उठाएर विभिन्न समस्यामा परेका ब्यक्तिहरुलाई सहयोग समेत गर्दै आएकी थिइन् ।
तर, पछिल्लो समय आफुलाई अभियन्ता भन्नेहरुले पैसा उठाएर हिनामिना गरेका गुनासाहरु सुनिन थालेपछि उनि पनि विवादित बनेकी छन् ।












