
काठमाडौं । आज असार १५ गते राष्ट्रिय धान दिवस मनाइँदैछ । असार १५ लाई हरेक बर्ष सरकारले धान दिवसमा रुपमा मनाउदै आएको छ । यस अवसरमा कतिपय ठाउँमा दही च्यूरा खाने चलन पनि छ ।
नेपालमा यो धान दिवस वि।सं। २०६१ मंसीर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि मनाउन थालिएको हो । नेपालका अधिकांस जनता कृषी पेसामा निर्भर रहेकाले नेपाललाई कृषि प्रधान देश पनि भनिन्छ ।
मानो रोपेर मुरी फलाउने समय पनि भएकाले असार महिना कृषकहरुका लागि बिषेश महिना पनि हो । नेपाली समाजमा धान रोपाई गर्दा विभिन्न समुदायका मौलिक संस्कृतीहरु पनि देख्न पाइन्छ ।
खेतमा रोपाइ गर्दै सांस्कृती बाजाहरु बजाउँदै लोक भाका गाउने पनि चलन छ । जुन निकै रमाइलो समेत हुने गर्दछ ।
कृषकहरुलाई महिनाभरी धान रोपाई गर्दा थकाई लाग्ने भएर पनि बाजा सहित गीत गाउँदै रमाउँदै काम गर्ने गर्दछन् ।












