
काठमाडौँ । गायिका तथा संचारकर्मी रुपा सुनारको बिषयमा अफवाह फैलाएर समाचार लेख्ने ६ वटा अनलाइन बन्द हुने भएका छन् ।
कोठा भाडामा खोज्दा जातीय विभेद भएको उजुरी दिएपछि आफ्नोविरुद्धमा केहि अनलाइनले भ्रमपुर्ण समाचार लेखेर चरित्र हत्या गरेको भन्दै रुपाले प्रेस काउन्सिलमा उजुरी दिएकी थिइन् । उनको उजुर उपर छानविन गरेपछि काउन्सिलले ६ वटा अनलाइनलाई बन्द गर्न दुरसञ्चारलाई पत्राचार गरेको हो ।
काउन्सिलले जनाएअनुसार बन्द हुने अनलाइनहरुमा खबरमाला डटकम, कालापानी पोस्ट, मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम र साझा मिडिया डटकम रहेका छन् ।
यि ६ वटै अनलाइनहरुले संचारकर्मी रुपाको बिषयमा अफवाह फैलाउने, गलत र आपत्तिजनक समाचार संप्रेषण गरेको पाइएपछि बन्द गर्न भनिएको हो । यी अनलाइनहरुले रुपालाई युरोपियन युनियन (ईयू) बाट डेढ करोड रुपियाँ खाएको भन्दै झुटा समाचार लेखेका थिए ।
असार १ गते कोठा भाडामा लिन जाँदा काठमाडौँको बबरमहल स्थित सरस्वती प्रधानले उनलाई जात थाहा पाएपछि कोठा दिन अस्विकार गरेकी थिइन् । त्यसपछि रुपाले घरबेटी प्रधानविरुद्ध प्रहरीमा जातीय विभेदको जाहेरी दिएकी थिइन् ।
तीन दिन हिरासतमा रहेकी प्रधानलाई शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले झण्डावाल गाडी नै लगेर थुनाबाट छुटाएर घर पुर्याएका थिए ।
सरकारवादी मुद्धाको प्रहरीमा अनुसंन्धान चलिरहेका बेला उल्टै सरकारका मन्त्रीले आरोपीलाई छुटाएर लगेको कुराले संचारकर्मी रुपाको घटना झन चर्किको थियो ।
आफुले जातिय द्धन्द फैलाउन युरोपियन युनियन (ईयू) बाट डेढ करोड पैसा लिएको जस्ता भ्रामक समाचार लेखेर जातीय भेदभाव र छुवाछूतलाई दुरुत्साहन गर्ने कार्य गरेको भन्दै संचारकर्मी रुपाले ९ वटा अनलाइन विरुद्ध काउन्सिलमा उजुरी हालेकी थिएन् । तिमध्ये ६ वटा अनलाइन बन्द हुने भएका हन् ।
आफ्नो चरित्र हत्या गर्ने त्यस्ता अनलाइनलाई साइबर अपराध कसुरअन्तर्गत कारबाहीका लागि सिफारिस गरिदिन समेत रुपाले काउन्सिलसंग अनुरोध गरेकी थिइन् । थप कारवाहीका लागि अनलाइनबारे थप छानविन भइरहेको काउन्सिलले जनाएको छ ।
काउन्सिलले पठाएको पत्र














