महाराजधिराजले हामीलाई आममाफी दिनुभएछ- नेता नेपाल


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष केपी ओलीलाई महाराजधिराजको संज्ञा दिएका छन् । शुक्रबार काठमाडौंमा पुष्पलाल मित्रता केन्द्रद्वारा आयोजित ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा  “नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक” कार्यक्रममा बोल्दै नेता नेपालले अध्यक्ष ओली अझै नसुध्रिए पार्टीले क्षती ब्यवहोर्ने बताए ।

‘हिजो महाराजधिराजबाट आदेश आयो, माधव कुमार नेपाल लगायतलाई सबैलाई आम माफी दिएँ । के त्यही हो कम्युनिष्ट आदर्श ? नेता नेपालले प्रश्न गरे ।

गत बर्षदेखि अध्यक्ष ओलीले पार्टीको विधी पद्धतिलाई उल्लंघन गर्दै आफ्नै ढंगले अघि बढिरहेकाले पार्टीमा गम्भिर समस्या उत्पन्न भएको नेता नेपालको भनाई छ ।

साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेका नेपाल समुहका २२ सांसदले पार्टीको ह्वीप तोड्दै विश्वासको मत दिएपछि ओलीले स्पष्टीकरण सोधेका थियो । उक्त कुरा नेपाल समुहले अस्विकार गर्दै विरोध गरिरहेका बेला ओलीले देउवाको पक्षमा मत हाल्ने २२ सांसदलाई आममाफी दिने बताएका थिए ।

कार्यक्रममा बोल्दै नेता नेपालले आफूपनि पुष्पलालको विचारधाराबाट राजनीतिमा आएको उल्लेख गर्दै आफू बदलिए मात्रै समाजलाई बदल्न सकिने उल्लेख गरे ।

नेताहरुमा ब्यक्तिगत अहंकार, स्वार्थ हट्न नसक्दा नेपालको कम्युनिष्ट आन्दोलन कमजोर हुँदै गएको उनको भनाई थियो । नेपालमा अझै पनि जनताहरुले कम्युनिष्टहरुलाई माया र साथ दिएकाले सम्पुर्ण कम्युनिष्टहरु बदलिएर आत्मसमिक्षा गर्दै मिलेर अघि बढ्नुपर्नेमा नेता नेपालले जोड दिए । कार्यक्रममा अधिकांस कम्युनिष्ट नेताहरुको उपस्थिती थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार