सामुदायिक विद्यालयको शैक्षिक स्तर वृद्धि गर्न सरकार लागिपरेको छ– प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सामुदायिक विद्यालयको शैक्षिक स्तर वृद्धि गर्न सरकार लागिपरेको बताएका छन् ।
जापान सरकारको सहयोगमा निर्माण गरिएको ललितपुरस्थित नमुना मच्छिन्द्र माध्यमिक विद्यालय भवनको बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले
‘सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा’ प्राप्त पर्ने सरकारको अभियानमा साथ दिन सबै पक्षलाई आह्वान गरेका छन् ।
विद्यालय शिक्षा स्थानीय तहको मुख्य जिम्मेवारीमा रहेपनि संघीय सरकारले त्यसका लागि आवश्यक स्रोत, साधन र शिक्षा विकास व्यवस्थापनमा सक्दो सहयोग गरिरहेको उनको भनाई छ ।

२०७२ सालको भूकम्पले ध्वस्त बनाएका विद्यालयहरुको भौतिक पूर्वाधार निर्माणको काम सकिने अवस्थामा पुगेको उल्लेख गर्दै उनले अब सम्पूर्ण ध्यान गुणस्तरीय शिक्षामै केन्द्रित हुने प्रधानमन्त्री देउवाले प्रतिबद्धता जनाए ।

प्रधानमन्त्री देउवाले नमुना मच्छिन्द्र विद्यालयले दृष्टिविहीन बालबालिकाहरुको पठनपाठन गराउँदै आएकोमा प्रशंसा गर्दै खुशी समेत व्यक्त गरे ।

जाईकाको आर्थिक सहयोगमा निर्माण गरिएको उक्त विद्यालयको मुख्य शैक्षिक भवन २५ कोठाको रहेको छ भने २ वटा साना भवनमा दृष्टिविहीन बालबालिकाको पठनपाठन हुने बिधालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार