बलात्कारको आरोप लागेका पल शाह प्रहरीमा आत्मसमर्पण गर्दै

काठमाडौं । एक गायिकालाई जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाह आफै आत्मसमर्पण गर्ने भएका छन् । शाहले आज सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै आज आफै पहरी सामु उपस्थित हुने बताएका हुन् ।

जिल्ला प्रहरी कार्यालय, तनहुँमा यहि फागुन ११ गते ति गायिकाले आफुमाथि जबरजस्तै करणी भएको भन्दै शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । त्यसपछि जिल्ला अदालत, तनहुँबाट पक्राउ पूर्जी लिएर प्रहरीले शाहको खोजी गरिरहेको छ।

पलले आफ्नो स्वास्थ्य स्थिती बिग्रिएकाले प्रहरीको सम्पर्कमा आउन नसकेको समेत प्रष्ट पोका छन् ।

उनले फेसबुकमा लेखेका “मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म म यस्तो गित गाउछु(२ गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनि म प्रहरीसामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु । नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार ) नेपाल प्रहरि सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार