
कैलाली । कैलालीमा एक महिलाले आफ्नै श्रीमानको टाउको छिनालेर प्रहरीलाई खबर गरेकी छन् । जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर १ स्थित राक्सामा चुमा कुमारी थापा बुढामगरले आफ्नै ४३ वर्षीया नारायण बुढा मगरको हत्या गरेकी हुन् ।
चुमाले गएराति धारिलो हतियार प्रयोग गरेर श्रीमानको हत्या गरेको स्विकार्दै ईलाका प्रहरी कार्यालय पन्डौनमा जानकारी गराएकी थिइन्।
प्रहरीकाअनुसार मृतक नारायणको टाउको छिनालेको अवस्थामा प्रहरीले भेटाएको छ। घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली पुगेको छ ।










