घुस लेनदेनको अडियो टेप बाहिरिएपछि बार काउन्सिलले सोध्यो पोखरेललाई स्पष्टिकरण


काठमाडौं । नेपाल बार एशोसिएसनका पूर्व कोषाध्यक्ष एवं अधिवक्ता रुद्र पोखरेललाई कानून व्यवसायी परिषद (बार काउन्सिल) ले स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । घुस लेनदेनको डिल गरेको अडियो टेप बाहिरिएपछि बुधबार बसेको समितिको बैठकले स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

बैठकले उनलाई स्पष्टीकरण सोध्ने निर्णय गर्दै उनलाई उपस्थित हुन म्याद जारी गरेको एक सदस्यले बताए । समितिकी सदस्य सचिव एवं परिषदकी सचिव मोना सिंहले स्पष्टीकरणपछि प्रमाण बुझेर थप निर्णय हुने बताइन् ।

परिषदको अनुशासन समितिमा अध्यक्ष एवं महान्यायाधिवक्ता खम्मबहादुर खाती छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार