बालेनपछि कीर्तिपुरका मेयरले पनि चलाए अवैध संरचनामाथि डोजर


काठमाडौं। काठमाडौं महानगरपालिकाले नगरभित्र बनेका अनधिकृत संरचना भत्काएर एकैदिनमा काठमाडौं हल्लाएपछि कीर्तिपुरमा पनि त्यस्ता अवैध संरचना भत्काउन सुरु भएको छ ।

काठमाडौंको कीर्तिपुर नगरपालिकाले मापदण्ड विपरीत बनाइएका भौतिक संरचनामा आजदेखि डोजरले भत्काउन सुरु गरेको छ । कीर्तिपुर नगरपालिकाले वडा नम्बर- १० भित्र बनेका त्यस्ता अवैध संरचनाहरु भत्काउन सुरु गरिएको हो ।

उक्त वडाभित्र पर्खाल बनाउँदा मापदण्डले तोकेको भन्दा बढी उचाइ र नक्सा समेत पास नरहेको पाइएकाले भत्काउन सुरु गरिएको कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले बताए । नगरपालिकाले नेपाल प्रहरी र नगरप्रहरीको सहयोगमा त्यस्ता अवैध संरचना भत्काइरहेको छ।

मेयर नकर्मीले सार्वजनिक जग्गामा संरचना नबनाउन, मापदण्ड विपरीत र नक्सा पास नगरी भौतिक संरचना नबनाउन र बनाएको भए आफैले भत्काउन सबै नगरवासीमा अनुरोध समेत गरेका छन् । सार्वजनिक जग्गा हडपेर बनाइएका र नक्सा विपरीत बनेका त्यस्ता अवैध संरचना हटाउन केही दिनभित्रै सूचना जारी गरिने मेयर नकर्मीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार