
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।ओलीको निवास बालकोटमा आज भएको भेटवार्तामा दुई नेताबीच सामसामयिक राजनीति, नयाँ सत्तारुढ गठबन्धन, सरकारको प्रभावकारितालगायतका विषयमा छलफल भएको भट्टराईको सचिवालयले जनाएको छ ।
डा. भट्टराईको पार्टी नयां बनेको सात दलिय सत्ता गठबन्धनमा आवद्ध छ । ४ मंसिरमा सम्पन्न चुनावमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्न हंसिया हथौडा लिएर नेता भट्टराईको पार्टीले चुनाव लडेको थियो ।











