पाल्पा जिप दुर्घटनाः दुई बालकसहित ६ को मृत्यु, चालक गम्भिर घाइते


पाल्पा । पाल्पामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जिल्लाको पर्यटकीय क्षेत्र रानीमहल जाँदै गरेको जिप बैकुन्ठे भीरबाट बराङ्गदी खोलामा खस्दा ६ जनाको मृत्यु भएको हो । दुर्घटनामा जिपका चालक घाइते भएको पाल्पा प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा तीन महिला, दुई बालक र एक पुरुष रहेको र तिनिहरुको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । आज साँझ करिब ५ बजे बागमती प्रदेश ७२०९ नम्बरको जीप दुर्घटनामा परेको प्रहरीले बताएको छ । सडकबाट जिप खोलामा खसेकाले उद्धारमा कठिनाई भएको प्रहरीको भनाई छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार