
गोरखा । मनकामना मन्दिरका मुख्य पुजारी इन्सान थापा मगरका दुई वटा बन्दुकको इजाजत खारेज गरिएको छ। थापाले प्रहरीलाई बुझाएको बाह्रबोर राइफल र भरुवा बन्दुकको इजाजत खारेज गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।
प्रजिअ पौडेलका अनुसार पुजारी मगर नै आइतबार बन्दुक बुझाउन प्रहरीमा पुगेका थिए । उनले व्यक्तिगत सुरक्षाका लागि भन्दै तीन वटा हतियारको इजाजत लिएका थिए । सुरक्षाको लागि लिएको बन्दुकले शिकार खेल्दै हिँडेको स्थानियको गुनासो समेत आएपछि लाइसेन्स खारेज गरिएको प्रजिअ पौडेलले बताए ।
वैशाख ५ गते शुक्रबार राति हतियारसहित पुजारी मगरलाई शहीद लखन गाउँपालिका–४ को ढोडेनी जंगलबाट स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।








