
काठमाडौँ। उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकताविरुद्धको मुद्दाको सुनुवाई आज भइरहेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भइरहेको छ ।
यसअघि बुधार इजलासमा एकजना न्यायाधीश हेरफेर गरेर सुनुवाइलाई निरन्तरता दिइएको थियो । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुनिल पोखरेल र सुशील पन्तसहित सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले लामिछाने बहस गरेका थिए।
रिट निवेदक युवराज सफलका तर्फबाट अधिवक्ताहरु डा. सुरेन्द्र भण्डारी, रविराज बसौला, रमन कर्ण, अमृत खरेल, नीतिका ढुंगानाले बहस गरेका थिए ।
बहसमा रिटकर्ताका पक्षबाट अधिवक्ताहरुले नेपालको नागरिक ऐनअनुसार गृहमन्त्री लामिछानेले नागरिकता पुनः प्राप्ति नगरेको दावी गरेका थिए भने विपक्षी अधिवक्ताहरुले त्यसको बचाउ गरेका थिए ।
गृहमन्त्री लामिछानेले अमेरिकताको नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनह प्राप्ती नगरेको रिटकर्ताको दावी छ । तर, लामिछानेले विदेशी नागरिकता त्यागिसकेपछि स्वतह पहिलाकै नागरिकता कायम हुने जिकिर गरेका छन् ।
नागरिकता ऐनमा पनि कुनै पनि नेपालीले विदेशी नागरिकता लिएको र त्यसलाई पछि त्यागेर पुनह नेपाली नागरिकता कायम गर्न सम्बन्धित निकायमा निवेदन दिएर प्रकृया पुर्याएर पुनारो नागरिकता कायम गर्नुपर्ने ब्यवस्था छ । तर, रबिले त्यस्तो नगरीक नै दल दर्ता गरेको, प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनी निर्वाचित हुँदै गृहमन्त्री बनेकाले उनको सबै पद खारेज हुनुपर्ने रिटकर्ताको दावी छ ।










