रास्वपाले बोलायो आकस्मिक केन्द्रिय समिति बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक अहिले केहीबेरमा पार्टीको केन्द्रीय कार्यालयमा रास्वपाको केन्द्रीय समिति बैठक बस्दै छ ।

केन्द्रीय समिति बैठकपछि आजै संसदीय दलको बैठक पनि बस्ने भएको छ । बैठकमा सरकारको विषयका साथै समसामयिक विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ । सभापति रवि लामिछानेलाई गृह मन्त्रालयमा फर्काउन चाहेको रास्वपाले प्रधानमन्त्री प्रचण्ड त्यसमा सकारात्मक नभएपछि असन्तुष्टि जनाएको छ ।

अब सरकारमै सहभागी हुने या बाहिरिने भन्नेबारे केन्द्रीय समिति बैठकले आवश्यक निर्णय गरेर संसदीय दलले पनि सोही अनुसार अनुमोदन गर्ने तयारी भएको छ ।

रास्वपाले सबै सांसदहरुलाई बैठकमा अनिवार्य उपस्थितिका लागि अनुरोध समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार