
काठमाडौं । जनता समाजवादी पार्टीले उपपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाएको छ । आज बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
पूर्वमन्त्री यादव बारा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका सांसद हुन् । आठ दलीय सत्ता गठबन्धनमा उपराष्ट्रपति जसपाको भागमा परेको थियो भने राष्ट्रपति काँग्रेसले पाएको थियो । राष्ट्रपतिमा आज काँग्रेसका रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् ।
बारा–२ बाट निर्वाचित सांसद यादवलाई उपराष्ट्रपति बनाएर पार्टी अध्यक्ष उपेन्द्र यादव सो क्षेत्रबाट चुनाव लड्ने चर्चा छ ।









