
पर्सा । पर्सामा गोली लागेर नेपाली सैनिक जवान गम्भिर घाइते भएका छन् । पर्साको वीरगञ्ज– ८ स्थित नेपाली सेनाको चण्डीप्रसाद गणमा कार्यरत २२ वर्षीय श्यामबाबु प्रसाद चौहान गोली लागेर गम्भिर भाइते भएका हुन् ।
गोल लागेर उनको बायाँ चिउँडोको मुनि ९घाँटीको भाग० र दाहिने आँखाको मुनि गोली लागेको घाउ भएको छ ।
आफैंले बोकेको राइफल पड्किएर उनी घाइते भएको बताइएको छ । घटनाको भने पुष्टि भएको छैन् ।
लापरबाहीले घटना घटेको हो वा आत्महत्याको प्रयास हो भन्ने बारेमा अनुसन्धान हुने गणका गणपति कर्णेल मदनजंग राणाले बताए ।
उनलाई थप उपचारका लागि नारायणी अस्पताल वीरगञ्जबाट नेशनल मेडिकल कलेज वीरगञ्ज ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।








