अधिवक्ता भगवती पाण्डे ‘शीतल’विरुद्ध पक्राउ पुर्जी जारी


काठमाडौँ । अधिवक्ता भगवती पाण्डे ‘शीतल’विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । आज जिल्ला अदालत काठमाडौँले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

प्राइम टेलिभिजनको चिया गफ कार्यक्रममा अन्तर्वार्ता दिदा उनले मगर, तामाङ र मुस्लिम समुदायमा आफ्नै दाजु बहिनीबीच विवाह हुने विवादित अभिव्यक्ति दिएकी थिइन् । अधिवक्ता पाण्डेले त्यस्तो विवाहले अपराधीक मानसिकता निर्माण गर्ने समेत बताएकी थिइन् । साहि विवादित अभिव्यक्तीविरुद्ध नेपाल मगर संघका ज्ञानेन्द पुनमगर र नेपाल तामाङ घेदुङको तर्फबाट कुमार सिंह घिसिङले जिल्ला प्रहरी परिसर टेकुमा जोहरी दर्ता गराएका थिए ।

मगर र तामाङ समुदायका अगुवाहरुले अधिवक्ता पाण्डेविरुद्ध जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा जाहेरी दर्ता गराएका थिए । सोही जाहेरीलाई लिएर अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै ह्रहरीले उनको खोजी थालेको छ ।

जाहेरी दर्ता हुँदा पनि पक्राउ गरेर अनुसंनधान नगरेको भन्दै सम्बन्धित समुदायका अगुवाहरुले विरोध गरिरहेका छन् । यस घटनामा आदिवासी जनजाति आयोगले पनि चासो राखेको छ ।

भिडियोहरु पनि हेरौं

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार