
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल दुई साता लामो युरोप भ्रमणमा निस्केका छन् ।
युरोपका विभिन्न देशमा पार्टी सम्बद्ध प्रवासी नेपाली एकता मञ्चको कार्यक्रममा सहभागी हुन पूर्वप्रधमानमन्त्री समेत रहेका नेपाल आज बिहान साढे ७ बजे टर्किस एअरको उडानमार्फत जेनेभा प्रस्थान गरेका हुन् ।
नेपालको सचिवालले जनाएअनुसार उनि भदौ १ गते नेपाल फर्किने छन् । विदेशमा रहँदा अध्यक्ष नेपालले स्विजरल्याण्ड, स्पेन, क्रोसिया र बेलायतमा हुने कार्यक्रमका सहभागी हुने भ्रमण तालिका छ । अध्यक्ष नेपालले आफ्नो अनुपस्थितिमा पार्टी कामको संयोजन गर्न पार्टी उपाध्यक्ष वेदुराम भुसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका छन् ।
सर्वोच्च अदालतले ललितानिवास जग्गा अनियमितता प्रकरणमा अध्यक्ष नेपाललाई पनि अनुसन्धानको दायरामा ल्याउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको गरेको २४ घण्टा नबित्दै उनि विदेश भ्रमणमा गएका छतन् ।
तर, उनको सचिवालयले सर्वोच्चको आदेशबारेमा भनेको छ, ‘हिजो सर्वोच्च अदालतबाट भएको फैसलाका सन्दर्भमा उहॅा जानकार हुनुहुन्छ । सबै प्रकारका भ्रष्ट्राचार एवम् अनियमितताको निष्पक्ष छानविन गरी दोषी उपर कडा कारबाही हुनुपर्छ र मुलुकमा शुसासन कायम गर्नुपर्छ भन्ने कुरामा उहॅाको दृढ मान्यता रहेको छ।’









