इन्जिनियर किरण केसी बने कुलमानको पार्टीको सिइयो


काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले किरण केसीलाई संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइयो) पदमा नियुक्त गरेको छ। पार्टीको केन्द्रिय सदस्य समेत रहेका केसीलाई पार्टीको उच्चस्तरीय बैठकको निर्णयबाट आज औपचारिक नियुक्तिपत्र प्रदान गरिएको हो ।

पार्टीका तर्फबाट जारी विज्ञप्तिमा केसीको नेतृत्व क्षमता, दक्षता र प्रतिबद्धताप्रति विश्वास व्यक्त गर्दै उनको अनुभव र दूरदृष्टिले संस्थाको प्रभावकारी व्यवस्थापन तथा निरन्तर प्रगतिमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको उल्लेख छ।

इन्जिनियरिङ अध्यन गरेका युवा नेता केसी पार्टीभित्रका रणनीतिक योजना तथा संगठन विकासमा सक्रिय र प्रभावशाली भूमिका निर्वाह गर्दै आएका छन्। उनको यो नियुक्तिले पार्टीको प्रशासनिक कार्यक्षमता अभिवृद्धि गर्दै समग्र लक्ष्य प्राप्तिमा नयाँ ऊर्जा थप्ने विश्वास पार्टीको विश्वास छ।

जिम्मेवारी ग्रहण गरेसंगै अनमोलपोस्टलाई प्रतिक्रिया दिँदै केसीले आफुलाई दिइएको जिम्मेवारीप्रति आभार व्यक्त गर्दै पार्टी र देशको हितमा अझै दृढ समर्पित भएर काम गर्ने प्रतिबद्धता जनाएका छन्।

केसीलाई दिइएको जिम्मेवारीले आगामी दिनमा उज्यालो नेपाल पार्टीले आफ्नो राजनीतिक रणनीति, कार्यदिशा, कार्यनीति र गतिविधिहरू कसरी अघि बढाउने छ भन्ने कुरा आम चासोको बिषय रहने छ ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत केसीले संस्थाका कार्यकारी गतिविधिहरूको नेतृत्व गर्ने, प्रमुख नीति तथा रणनीतिहरू कार्यान्वयन गर्ने तथा संस्थाले तय गरेका लक्ष्य र उद्देश्यहरू हासिल गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने जिम्मेवारी पाउनेछन्।

उज्यालो नेपाल पार्टीका मुख्य सचिव डा. राजु थापाले केसीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै इमानदारी, समर्पण र उत्कृष्टताका साथ जिम्मेवारी निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।

को हुन केसी ?
उज्यालो नेपाल पार्टीको प्रमुख कार्यकारी अधिकृत (सिइयो) पदमा नियुक्त भएका केसी काठमाडौंवासी हुन् ।

उनि एक युवा राजनीतिकर्मी हुन् । अष्ट्रेलिया, भारत लगायतका देशहरुबाट उच्च शिक्षा हासिल गरेका केसी एक इन्जिनियर, उद्यमी , समाजसेवी हुन् । उनि ७९को निर्वाचनमा काठमाडौं क्षेत्र नं ७ बाट प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार पनि हुन् ।
केसी काउन्सिल अफ जेनजीका बागमती प्रदेश संयोजक पनि हुन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार