विपदको बेला उद्दार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर विपदमा परेकालाई तत्काल उद्दार र राहतमा जुट्न सबै निकायलाई निर्देशन दिएका छन् । वर्षासँगै आएको बाढी, पहिरो र डुवानका कारण देशभर ठुलो समस्या भएकाले तत्काल उद्दारमा जुट्न निर्देशन दिएका हुन् ।

शुक्रबार सिंहदरबारमा बसेको मन्त्रालयहरुको समीक्षात्मक बैठकमा प्रधानमन्त्री ओलीले मातहतका सबै निकायलाई निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीले मातहतका सबै निकायलाई उद्दार र राहतमा जुट्न निर्देशन दिएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिएका छन् ।

त्यस्तै प्रधानमन्त्री ओलीले सर्लाहीको मलंगवा र रौतहटको डुवान समस्या समाधानका लागि भारतसँग कुरा गरेको बताएका छन् ।
त्यसैगरी सरकारले डुबान समस्याबाट सतर्कता अपनाउन आवश्यक सूचना प्रणालीको व्यवस्था गरेको छ ।

सरकारले राजधानी काठमाडौंसहित पर्सा, भोजपुर, रामेछाप, सिन्धुली, खोटाङ, काभ्रे, सर्लाही, रौतहटलगायतका जिल्ला डुबान, बाढी र पहिरोको चपेटामा परेको बताएको छ ।

त्यसैगरी तराईका धेरै ठाउँमा डुवानको समस्या हुने भएकाले त्यहाँका स्थानीयलाई सुरक्षित ठाउँमा गएर बस्न पनि आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार