
अछाम । अछामका फरक क्षमता भएका एक बालकलाई जापानमा बस्ने नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । अछामको चौरपाटि गाउँपालिका ६ दुनिका फरक क्षमता भएका १५ बर्षिय टेकबहादुर साउँदलाई अछाम सरोकार मन्च जपानले आर्थिक सहयाग गरेको हो ।
साउँदको हात खुट्टा नचल्ने , बोल्न नसक्ने तर पढाइमा तिर्ब इच्छा रहेकाले जपानमा रहेका नेपालीहरुले अभियान नै सन्चानल गरेर संकलन गरिएको ५६ हजार रुपैयाँ उनलाइ हस्तान्तरण गरिएको अछाम जापान सरोकार मंचका संयोजक लोकेन्द्रजंग कुवँर “लोचन” ले जानकारी दिए ।
विभिन्न सन्चार माध्यमबाट ती बालकको अवस्था थाहा पाएपछि आफुहरुले उनलाई सहयोग गर्ने अभियान संचालन गरेको संयोजक लोचनले बताए । ” बालकको अवस्था भिडियोमा हेरपछि ज्यादै दुख लाग्यो संयोजक लोचनले भने, त्यसपछि जति सकिन्छ सहयोग गरौं भन्ने उदेश्यले हामीले फेसबुकमा स्टाटस राखेर अभियान सुरु गर्यौं र सानो रकम अहिलेका लागि सहयोग गरेका छौं ।”
जापानमा रहेका कृष्ण भन्डारी प्रेम मल्ल, पृतिष्ठा कठायत लागायतले उक्त बच्चाको पारिवारिक अवस्था र खुट्टाले लेख्ने कुरा थाहा पाएपछी आफ्नो नेतृत्वमा आर्थिक सहयोग संकलनमा लागेको सुदूरपश्चिमेलि नेपाली समाजका केन्द्रिय सदस्य समेत रहेका कुँवरले बताए ।
उालकका लागि संकलित आर्थिक सहयोग जपानबाट दुई महिना अघि नेपालमा पठाएको भएपनी भौगोलिक विकट्तालगायतका कारणले आर्थिक सहयोग बालकलाई हस्तान्तरण गर्न ढिलो भएको समेत संयोजक लोचनले बताए ।
अछाम सरोकार मन्च जपानले नेपालको विकट र दुर्गम ठाउँमा रहेका दुखि, बिरामी र अपठ्यारोमा परेकाहरुलाई सहयोग गर्दै आएको छ ।
बालकका लागि जापानबाट पठाइएको उक्त रकम जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर कुँवर , उपप्रमुख टोपबहादुर रावल , दुनिका वडा अध्यक्ष मने साउँदलगायतको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।
खुट्टाले लेख्ने र फरक क्षमता भएको छोरालाई देश बिदेशबाट आर्थिक सहयोग भैरहेको बालकका बुवा तुले साउँदले बताए ।











