भक्तपुर । भक्तपुरमा एउटा भयानक दुर्घटना भएको छ । भक्तपुरको मध्यपुरठिमी गठ्ठाघरको आकाशेपुलमुनि एउटा यात्रुवाहक बसले अन्य तीन वटा बसलाई ठक्कर दिँदा ठुलो दुर्घटना भएको छ । दुर्घटना हुँदा १६ जना व्यक्ति घाइते भएका छन्।
काठमाडौंबाट सिन्धुली जाँदै गरेको बा४ख ५७९४ नम्बरको बस अनियन्त्रित भएर सोहि दिशातर्फका अन्य तीन वटा बसलाई ठक्कर दिदा उक्त दुर्घटना भएको हो ।
आज आइतबार बिहान बा३ख ७०९३, बा५ख ४०२९ र ना६ख ७१२५ नम्बरको बसलाई ठक्कर दिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको जानकारी दिए ।
ठक्करबाट तीन वटै बसका यात्रुहरू घाइते भएका छन्। घाइतेमध्ये १३ जनाको नागरिक अस्पताल र तीन जनालाई मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।









