रबि लामिछाने लगायत ३ जनालाई पक्राउ गर्ने तयारी,घटनाको ल्याव रिर्पोट भोली आउने

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुपूर्व रेर्कड गरेको भिडियोका आधारमा संचारकर्मी रबि लामिछाने लगायत ३ जनालाई पक्राउ गर्ने तयारी भएको छ ।

पत्रकार पुडासैनीले आफुलाई मर्न बाध्य पार्ने सिधा कुरा जनतासंगका प्रस्तोता रबि लामिछाने लगायत ३ जना भएको भन्दै रेर्कड गरेको भिडियो बाहिरीएपछि त्यसबारे अनुसंन्धानका लागि प्रहरीले पक्राउ गर्ने तयारी गरेको हो ।

आत्महत्या गर्न बाध्य पार्नेलाई ब्यक्तीलाई कानुनी कारवाही गर्ने ब्यवस्था रहेकाले पक्राउ गरी अनुसंन्धान गरिने चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले बताए ।

“पत्रकार पुडासैनीको मृत्युको घटनादेखि नै हामी अनुसंन्धानमा छौं एसपी मल्लले भने, अझ उनको भिडियो भेटिएपछि झन गम्भिर भएर अनुसन्धान गरिरहेका छौं। हामी पीडित पक्षबाट किटानी जाहेरी आउने बित्तिकै पक्राउ गरेर अनुसन्धान थाल्छौं ।”

घटनाको ल्याव रिर्पोट भोली आउने
पत्रकार पुडासैनीको रहस्यमय मृत्युका बिषयमा प्रहरीको ल्याव रिर्पोट बिहीबार आउने भएको छ ।
एसपी मल्लका अनुसार घटनाबारे ल्याव रिर्पोट भोली आउने छ ।

“घटनाको ल्याव रिर्पोट भोली आउँछ एसपी मल्लले अनमोलपोस्टलाई भने, रिर्पोटका आधारमा हामी थप अनुसंन्धान अघि बढाउने छौं, भिडियोको बिषयमा हामी घटना भएदेखिनै अनुसंन्धानमा छौं ।”
पत्रकार पुडासैनीसंग भेटिएको भिडियो अनुसंन्धानका लागि महत्वपुर्ण रहेको एसपी मल्लको भनाइ छ ।

पत्रकार पुडासैनीले आत्महत्या गर्नुपूर्व रेर्कड गरेको भिडियोमा आफुलाई मर्न वाध्य पार्ने न्युज २४ को सिधा कुरा जनतासंगका प्रस्तोता रबि लामिछाने लगायत युवराज कँडेल र नर्स अस्मिता कार्कीको नाम लिएका छन् ।

स्मरणरहोस पत्रकार पुडासैनी रबिका पूर्वसहकर्मी हुन । उनि सिधा कुरा जनतासंगको टिममा रहेर काम गर्थे । रबिको साथ छोडेको केहि समयपछि उनले आत्महत्या गरे ।

नुवाकोट स्थायी घर भएका पत्रकार पुडासैनीले साउन २१ गते चितवनको एक होटलको कोठामा झुन्डिएर आत्महत्या गरेका थिए । उनको मृत्युबारे विभिन्न आशंकाहरु भइरहेका बेला उनको साथबाट प्रहरीले भेटाएको भिडियो बुधबार एकएका बाहिरीपछि यस्तो नयां रहस्य खुलेको हो ।

यो पनि पढ्नुस

‘रबि मेरो मृत्युको कारण तिमी हौ,तिमीलाई फाँसी दिनुपर्छ, पत्रकार शालिकराम पुडासैनीको सनसनीपूर्ण भिडियो सार्वजनिक

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार