दर्ता नभएका औषधी बिक्री वितरण गर्नेलाई कारबाही गरिने

काठमाडौं । दर्ता नभएका औषधी बिक्री वितरण नगर्न औषधी व्यवस्था विभागले बिक्रेताहरुलाई आग्रह गरेको छ । सोमबार विभागले सूचना निकालेर बिक्री वितरण नगर्न आग्रह गरेको हो ।

विभागले औषधी ऐन २०३५ को दफा १० (क) बमोजिम दर्ता भएका औषधी मात्रै बिक्री वितरण गर्न आग्रह गरेको छ । विभागको सूचनालाई अटेरी गरेमा औषधी ऐन बमोजिम औषधी जफत गरिनुका साथै पसलको दर्ता प्रमाणपत्र समेत खारेज गरिने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार