आत्महत्याका लागि पत्रकार पुडासैनीले डोरी किनेको पसल भेटियो

चितवन । चितवनको एक होटलमा झुण्डिएको अवस्थामा भेटिएका पत्रकार शालिकराम पुडासैनीले डोरी किनेको पसल भेटिएको छ । पत्रकार पुडासैनीले आत्महत्या गर्नुपूर्व पाँच मिटर डोरी किनेको पसल सीसीटीभीको सहायताले पत्ता लागेको चितवन प्रहरीले बताएको छ ।

चितवनको नारायणगढ बसपार्कमा रहेको श्रेष्ठ पसलबाट डोरी किनेको सिसिटिभी भिडियो प्रहरीले फेला पारेको हो । पसलबाट पुडासैनीले डोरी किनेको दृश्य सीसीटीभी क्यामेरामा कैद भएको प्रहरीको भनाई छ । पसलमा काम गर्ने कामदारले पाँच मिटरको डोरी नापेर पुडासैनीलाई दिएको दृश्य भिडियोमा देखिएको बताइएको छ । यसबारे पनि थप अनुसंन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार