
चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका संचारकर्मी रवि लामिछाने लगायत तीनैजनाको अदालतमा अहिले वयान भइरहेको छ ।
दश दिनको अनुसंन्धानपछि चितवन प्रहरी र सिआइबीको टोलीले संयुक्त रुपमा तयार पारेको फाइल आइतबार सरकारी वकिलको कार्यलयमा पेश गरेपछि उनिहरुको मुद्धा अदालतमा पेश भइ वयान सुरु भएको हो ।
चितवन जिल्ला अदालतको एक नम्बर इजलासमा वयान भइरहेको हो । रवि लगायत तीनै जनाबिरुद्ध सरकारी वकिलले पत्रकार पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा ५ वर्ष जेल र ५० हजार जरिवाना माग गर्दै आइतबार दिउँसो जिल्ला अदालत चितवनमा रिट दायर गरेका थिए ।
न्यायाधीश हेमन्त रावलको इजालशमा वयान लिने काम भइरहेको बताइएको छ । वयानपछि अदालतबाट आउने आदेश अनुसार उनिहरु आज फेरि थुनामा जाने या धरौटी, तारेखमा छुट्ने निर्णय हुनेछ । सम्मानित अदालतभित्र वयान जारि रहेका बेला रवि लामिछानेका सर्मथकहरुले बाहिर प्रर्दशन गरिरहेका छन् ।
यो सनसनीपुर्ण भिडियो पनि हेर्नुस







