दाङ । दाङमा सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सोमबार बेलुका ट्रकले मोटरसाइकललाई ठक्कर दिदां दुई युवाको मृत्यु भएको हो भने एक घाइते भएका हुन् ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार घोराही उपमहानरपालिका १५ निवासी २६ वर्षीय बालकृष्ण भण्डारी र चालक लमही नगरपालिका ४ निवासी २७ वर्षीय विनायक चौधरी रहेका छन् ।
दुर्घटनामा परी लु १९ प ५५०६ नम्बरको मोटरसाइकलमा सवार राप्ती गाउँपालिका वडा नम्बर ८ बिजौरीका २८ वर्षीय दिपक मरासिनी गम्भीर घाइते भएका छन् । घाइते दिपकको बुटवलमा उपचार भइरहेको छ ।
ट्रक चालक भने फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।
घटना पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही–भालुबाङ सडक खण्डको पिपरीमा भएको हो ।









