दोलखा । दोलखामा खोलाले कार बगाउँदा १ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा तामाकोशी गाउँपालिका–३, जफेका २४ वर्षीय अनिश पोखरेल रहेका छन् ।
गएराति सिंगटीबाट चरिकोटतर्फ आउँदै गरेको बा १९ च ४३९० नम्बरको कार कालिञ्चोक गाउँपालिका–९ स्थित सुन्द्रावती खोलामा बगेको थियो ।
कारमा सवार तामाकोशी गाउँपालिका–३ का ३१ वर्षीय विकज पोखरेल र लिखु तामाकोशी गाउँपालिका–२, रामेछापका कार चालक पवन पौडेल घाइते भएका छन् । उनीहरु कारसँगै बगेको प्रहरीले जनाएको छ ।
उनीहरुको प्रहरीले उद्धारगरी जिल्ला अस्पताल दोलखामा उपचार भइरहेको छ । लगातारको वर्षाका कारण खोलामा पानी बढेकाले कार बगाएको हो ।










