घाइते छोरा बचाउन खोज्दा आमाको मृत्यु

महोत्तरी । घाइते छोरालाई उपचारका लागि अस्पताल लैजादै गरेकी आमाको मृत्यु भएको छ । जिल्लाको बर्दिवास नगरपालिका–३ मा छोराहरुबीच झगडा हुँदा घाइते भएका छोरालाई अस्पताल लैजाँदै गर्दा आमाको मृत्यु भएको छ ।

शनिबार साँझ आपसी झगडामा घाइते भएका २१ वर्षीय गङ्गा वादी र १८ वर्षीय उमेश वादीलाई अस्पताल जैजाँदा गरेकी ५० वर्षीया आमा तारा वादीको एम्बुलेन्स दुर्घटनामा परी मृत्यु भएको हो । प्रहरीका अनुसार घाइते छोराहरुलाई एम्वुलेन्समा राखेर आमाले अस्पताल लैजादै थिइन ।

घाइते लगेर जाँद गरेको बा२च ४४४१ नंको एम्बुलेन्स शनिबार साँझ ८ बजेतिर विपी राजमार्गको बर्दिवास–३ गौरीडाँडामा एक्कासी पल्टिएको थियो । दुर्घटनामा परी पैदलयात्री धनुषाको मिथिला नगरपालिका–४ का २१ वर्षीय रोशन बराइली, मृतकका दुवै छोराहरु र एम्बुलेन्स चालक बर्दिवास–३ का चित्रबहादुर बुढाथोकी घाइते भएका छन् ।

दुर्घटनामा परी शक्त घाइते भएकी तारालाई अस्पताल पुर्याए लगत्तै मृत घोषित गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक अशोककुमार साहले जानकारी दिए ।

हाम्रा भिडियो सामग्री पनि हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार