
काठमाडौं । पछिल्ला केहि दिनहरुमा प्याजको भाउ एक्कासी आकासियो । जसका कारण उपभोक्ताहरु मारमा परिरहेका छन् । प्याजमा भारतमा निर्भर नेपाल बजारमा साँच्चिकै प्याजको अभाव होकी कृतिम अभाव गर्न खोजिएको हो भन्दै सम्बन्धित निकायले चासो राखेको छ ।
बजारमा अप्रत्यासितरुपमा प्याजको मूल्य बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कालीमाटीस्थित प्याज गोदाममा छापा मारेको छ। सोमबार विभागको अनुगमन टोलीले प्याज भण्डारण गरिएको कालीमाटीस्थित गोदाममा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा आइतबारको तुलनामा सोमबार प्याजको मूल्य बढाएर बिक्री गरेको भेटिएको छ।
कृतिम अभाव सिर्जना गर्दै प्याज भाउ बढाएको आशँका गरिएको छ यसबारे विभागले अनुसंन्धान गरिरहेको विभागका महानिर्देशक योगेन्द्र गौचनले बताए ।
गोदाममा थन्काएर प्याजको भाउ बढाएर बेच्दै आएका ति प्याज व्यापारीको परिचय भने विभागलले खुलाएको छैन ।
अनुगमन टोलीले खरीद, बिक्री तथा मौज्दात विवरणसहित ती व्यापारीलाई विभागमा उपस्थित हुन निर्देशन समेत दिएको गौचनले बताए ।
केही दिनअधिसम्म प्रतिकिलो रु १०० मा बिक्री भइरहेको प्याजको खुद्रा मूल्य कालीमाटी मै रु १३५ प्रतिकिलो पुगेको छ । कालीमाटी वाहेक अन्य बजारहरुमा यो भन्दा बढि रेटमा बिक्री भइरहेको छ ।









