दुर्घटना अपडेटः सुकुटे बस दुर्घटनामा मर्नेको संख्या १७ पुग्यो, ७ को सनाखत

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृतकको संख्या १७ पुगेको छ ।दुर्घटनामा १५ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुने मध्ये ७ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोककी अन्दाजी २७ वर्षीया चमेली श्रेष्ठ, उनकी छोरी ६ वर्षीया शाहीरामी श्रेष्ठ, ३ महिनाको शिशु सिसन तामाङ, दोलखाकी ५०/५१ वर्षीया रक्तकुमारी रावत र दोलखाकी २४ वर्षीया रञ्जिता केसी रहेका छन् ।

त्यसैगरी उपचारका क्रममा मृत्यु हुनेमा धुलिखेल अस्पताल र श्रीमेमोरियल अस्पताल बनेपामा तेजकुमारी बस्नेत र सुनिला तामाङ रहेका छन् । दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस आइतबार दिउँसो सुनकोशी नदीमा खसेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार