‘लकडाउन’ उल्लंघन गर्ने ८५ जनालाई ४ घण्टा घाममा सुकाउँदै क्लास


काभ्रे । कोरोना बिरुद्ध लड्नका लागि सरकारद्धारा जारि गरिएको लकडाउनको उल्लंघन गर्नेक्रम रोकिएको छैन । लकडाउन उल्लंघन गर्नेको कतिपय ठाँउमा सुरक्षाकर्मीले राम धुलाई पनि गरेको छ ।

त्यसरी गरिएको कारवाहीका तस्बिर र भिडियोहरु भाइरल समेत भए । तर, प्रहरीले गरेको कारवाही गलत भएको भन्दै विरोध भएपछि कुट्ने सुरक्षाकर्मीलाई कारवाही पनि भइरहेको छ ।

तर, काभ्रेमा भने लकडाउन उल्लंघन गर्नेलाई कुनै पिटाई, दुब्र्यवहार नगरी क्लास दिइएको छ । लकडाउनको उल्लंघन गरेर घर बाहिर निस्केका ८५ जनालाई बनेपामा पक्राउगरी चार घण्टा क्लास दिइएको प्रहरीले जनाएको छ ।

लकडाउन उल्लंघन गरी हिडिरहेकालाई बनेपाका विभिन्न ठाँउबाट प्रहरीले नियन्त्रणमा लिई पोलिटेक्निक बनेपाको ग्राउन्डमा घाममा राखेर चार घण्टा कोरोना सम्बन्धि सचेतना क्लास दिइएको इलाका प्रहरी कार्यालय बनेपाका इन्स्पेक्टर योगेन्द्र तिमिल्सिनाले बताए ।

क्लास सकेर उनीहरूलाई प्रहरीले खाजा खुवाएर छोडेको इन्स्पेक्टर तिमिल्सिनाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार