जनकपुर । दुई परिवारबीच झपड हुँदा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको हरिपूर्वा नगरपालिका–८ की ३५ वर्षीया सैदुन खातुन रहेकी छन् ।
स्थानीय खोददी खातुनका छोराछोरी सैदुन खातुनको प्याजबारीमा गएको विषयमा झगडा भएको थियो । सुरुमा बच्चाहरुबीच भएको झगडामा पछि परिवारका अरु सदस्यहरु पनि मिसिएर कुटाकुट भएको प्रहरीले बताएको छ ।
दुई परिवारबीच भएको झगडामा खोददी खातुनको परिवाले गरेको कुटपिटबाट सैदुन खातुनको मृत्यु भएको बताइएको छ । झडपमा गम्भीर घाइते भएकी सैदुनको उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
प्रहरीले घटनाकाे अनुसन्धान गर्न घटमा संलग्न ५ जनालाई पक्राउ गरेको छ ।











