अन्तरजातिय विवाहित दुई जोडी सम्मानित

कंचनपुर । समाजमा कलँकका रुपमा रहेको जातिय विभेद अन्त्यका लागि योगदान पुर्याएको भन्दै कंचनपुरमा दुई अन्तरजातिय विवाहित जोडिलाई सम्मान गरिएकोछ ।

बुधबार एक कार्यक्रमको आयोजना गरि जिल्ला हलिया मुक्ति समाज कञ्चनपुरले अन्तरजातीय विवाह गरि समाज रुपान्तरणका लागि महत्वपुर्ण योगदान पुर्याएको भन्दै सम्मान गरेको हो ।

नेकपाका नेता तथा पूर्वसभासद हरि श्रीपाइलीको प्रमुख आतिथ्यमा सञ्जय नेपाली र पुनम जैशी तथा गणेश लुहार र हंशा जोशीको अन्तरजातिय जोडिको कदरसहित सम्मान गरिएको हो ।

नेता श्रीपाइलीले दुबै जोडीलाई फुलमाला र टिका लगाएर सम्मान गर्दै यस्ता विवाहले समाजमा रहेको जातिय विभेदलाई न्युनिकरण गर्ने र समाज रुपान्तरणमा योगदान पुग्ने बताए ।

अन्तरजातिय जोडिका हंशा जोशी र पुनम जैशीले दुबैजनाले हलिया मुक्ती समाजले संचालन गरेको ब्युटीपार्लर तालिममा सहभागी भएको हलिया मुक्ति समाजका अध्यक्ष शिवी लुहारले बताए ।

समाज रुपान्तरणका अभियन्ता दुबै जोडिलाई आफुहरुले सधै प्राथमिकता दिने र आवश्यक परेको समयमा सहयोग गर्ने समेत बताए ।
कार्यक्रममा दुबै जोडिले आफुहरुले अन्तरजातिय विवाह गरेर एकअर्कासंग निकै खुशी रहेको र समाजमा कलँकका रुपमा रहेको जातिय विभेदलाई अन्त्य गर्ने अभियानमा लागि पर्ने बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार