निको भएर घर फर्किएका काठमाडौंका एक पुरुषमा पुन : संक्रमण

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मुक्त भएर घर फर्किएका व्यक्तिमा पुन : संक्रमण देखिन थालेको छ । काठमाडौंका एक पुरुषमा पनि कोरोनाकाे संक्रमण पुन : देखिएको छ ।

कोरो मुक्त भई बैशाख ११ गते घर फर्किएका पेप्सिकोलाका एक पुरुषमा पुन : संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।

पेप्सिकोलास्थित सिनसिटी अपार्टमेन्टका ५२ वर्षका पुरुषमा बैशाख १ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । चैत ५ गते बेलायतबाट आएका उनीसँगै उनकी ८१ वर्षीया आमालाई पनि कोरोना संक्रमण भएको थियो ।

पाटन अस्पतालमा उपचार गरेर आमाछोरा ११ वैशाखमा घर फर्किएका थिए । घर फर्किएको एक सातापछि ती पुरुषमा पुन : परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको छ । उनी परीक्षणका लागि आफै अस्पताल आएका थिए ।

योसँगै नेपालमा कोरोना निको भएर घर फर्किएका तीन जनामा पुन : कोरोना संक्रमण देखिएको छ । यसअघि रौतहट र विरगञ्जका एक एक जनालाई पनि पुनः कोरोनाको संक्रमण देखिएको थियाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार