संसद बैठकमा जाने ४४१ जनाको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं । कोरोना परीक्षण गराएका सांसदसहित ४ सय ४१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । संघीय संसदमा हिजो लिइएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।

कोरोना परीक्षणका लागि संघीय संसदका सांसद, कर्मचारी र सुरक्षाकर्मीको पनि स्वाब संकलन गरिएको थियो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।

त्यस्तै कोरोना परीक्षण गराउन हिजो छुटेका २ सय ७५ जना सांसदको आज स्वाब संकलन गरिएको छ । त्यस्तै बाँकी रहेका ५४ जना सांसदको पनि आजै स्वाव संकलन गरिने छ ।

संसदमा आज ४ बजेबाट संघीय संसद्को बजेट अधिवेशन सुरु हुँदैछ । कोरोनोको जोखिम हुन नदिन सांसद् र कर्मचारीको अनिवार्य पीसीआर परीक्षण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार