
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरुले भारतले अतिक्रमण गरेको भूमि फिर्ताको माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता गरेका छन् । नेकपामा सांसदहरु गणेशप्रसाद ठगुन्ना, दिपकप्रकाश भट्ट, रामकुमारी झाक्री लगायतले संसदमा संकल्प प्रस्ताव दर्ता गरेका हुन् ।
उनीहरुले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ता गर्न माग गरेका छन् । नेपालको राजनीतिक र प्रशासनिक उपस्थिति कायम गर्न माग गर्दै उनीहरुले संकल्प प्रस्ताव दर्ता गरेका छन् ।
उनीहरुको संकल्प प्रस्तावमा महाकाली नदी पूर्वको करिव ४०० वर्ग किमी भूभाग फिर्ता गरी नेपालको राजनीतिक र प्रशासनिक उपस्थिति कायम गर्न माग माग गरिएको छ ।
भारतले अतिक्रमण गरेको भूभाग नेपालको भएको प्रमाण हुँदा हुँदै पनि सरकराले चुप लागेर बस्न नहुँने तर्क समेत गरेका छन् ।











