
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा दुई सय २६ कोरोना संक्रमित थपिएका छन् । । योसँगै नेपालमा संक्रमितको संख्या एक हजार ७ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नयाँ संक्रमित मध्ये २ सय १३ पुरुष र १३ जना महिला रहेको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् ।
यो संख्या नेपालमा कोरोना संक्रमण देखिएपछिको धेरै संख्या हो ।











