कर्णाली प्रदेशले चिकित्सको टोली हिमाली जिल्लामा पठायो

सुर्खेत । कोरोना रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेशले हिमाली जिल्लामा चिकित्सको टोली पठाएको छ । प्रदेशले एक महिनाको लागि एयरलिफ्टिङ गरेर चिकित्सकको टोली हिमाली जिल्लामा पठाएको हो ।

प्रदेश सरकारले १० जिल्लाका २७ स्थानमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली पठाएको बताएको छ । शनिबार डोल्पा र आज हुम्लामा एयरलिफ्टिङ गरेर चिकित्सकको टोली पठाएको छ ।

टोलीले कोरोना परीक्षणका साथै रोकथामका लागि पनि सचेतनाका कामहरु गर्ने प्रदेश सरकारले जाएको छ । चिकित्सक र सामाग्री नहुँदा कोरोना परीक्षणमा समस्या भएकाले प्रदेश सरकारले स्थानीयलाइ उक्त सेवा दिन टोली पठाएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार