बाराका कोराना संक्रमित युवा घरघरमा ग्यास पुर्‍याउने काम गर्थे


बारा। बारामा मंगलबार कोरोना संक्रमण देखिएका एक युवा उपभोक्ताको घरघरमा ग्यास पुर्‍याउन जाने गरेको खुलेको छ । बाराको बिश्रामपुर गाउँपालिका ४ बलिरामपुरका संक्रमित युवक साइकलमा राखेर उपभोक्ताको घरघरमा ग्यास पुर्‍याउने गरेको खुलेको हो ।

आफ्नै बुवाले सञ्चालन गरेको किराना पसलमा काम गर्ने ती युवा टोलका घरघरमा पुगेर ग्यास पुर्‍याउथे । उनको बुवाले संचालन गरेको किरानासहितको ग्यास पसल पर्सा वीरगञ्जको इनर्वाचोकमा छ ।

१६ वर्षीय ती युवकले वीरगञ्जमा रहेको पसलबाटै उपभोक्ताको डिमान्ड अनुसार साइकलमा राखेर घरघरमै ग्यास पुर्‍याउने काम गर्दै आएका स्थानीय जनप्रतिनिधिले जनाएका छन् ।

युवकलाई कोरोना संक्रमण भएपछि नारायणी अस्पताल गलिएका छन् भने उनका घरका अरु सदस्यलाई क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको छ । उनको घरमा आमा, बुवा, भाइ र एक बहिनी रहेको खुलेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार