प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिदैं


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने भएका छन् । उनले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नहरुको आज जवाफ दिदैंछन् ।

संसदमा दुई दिन चलेको बैठकमा सांसदहरुले उठाएका प्रश्नको आज दिउँसो १२ बजे बस्ने संसद बैठकमा जवफ दिनेछन् । सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि प्रतिपक्षी दलले ७ वटा संसोधन राखेका छन् ।

प्रधानमन्त्रीले जवाफ दिएपछि आर्थिक वर्ष २०७७र७८ को लागि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ पस्तुत गरिने कार्यसूची रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार