
काठमाडौं । संसदको वर्षे अधिवेशन (बजेट अधिवेशन) दिउँसाे ४ बजेबाट सुरु भएको छ । अधिवेशनका लागि प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरु संसद भवनमा सहभागि भएका छन् ।
जेठ १५ गते वजेट प्रस्तुत गर्नुपर्ने र त्यसअघि नीति तथा कार्यक्रम पारित र प्रि बजेटबा विषयमा छलफल गर्नुपर्ने बाध्यताका कारण लकडाउनकै बीच संघीय संसदको अधिवेशन बोलाइएको हो ।
संसदमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट अधिवेशन आह्वान सम्बन्धि पत्र पढे लगत्तै अभिवेशन सुरू भएको हो । वैशाख २१ को मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबारका लागि संसदको छैठौं अधिवेशन आह्वान गरेकी थिइन् ।
बैठकमा सहभागि सांसद, कर्मचारी र पत्रकार सबैको कोरोना परीक्षण गरिएको थियो । त्यस्तै संसद भवन भित्र उनीहरुको सामाजिक दुरी कायम गरी आसनको व्यवस्था गरिएको छ ।










