
बाँके । बाँकेमा कार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका-१ सिक्टामा पूर्वबाट पश्चिम जाँदै गरेको बा १४ च २७८९ नम्बरको गुडिरहेको कार रूखमा ठोक्किदा २ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका-१२ का कार चालक ४१ वर्षीय कमलराज लम्साल र नवरपरासीको कावासोती नगरपालिका-८ का २२ वर्षीय क्षितिजराज कँवरको रहेको बाँके प्रहरी प्रवक्ता डिएसपी सुवास खड्काले बताए ।
डिएसपी खड्काका अनुसार तिर्वरुपमा गुडिरहेको कार अनियन्त्रित भएर सडक छेउ रुखमा ठोक्किदा दुर्घटना भएको थियो ।
कुँवरको उपचारका क्रममा र चालक लम्सालको कोहलपुर मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
दुर्घटनामा परेको कार पुरै कच्याक्ककुच्चुक भएको छ ।












