सप्तरी । चट्याङ लागेर एउटै जिल्लाका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको महदेवा गाउँपालिकाका २ जना, राजगढ गाउँपालिकाका र डाक्नेश्वरी नगरपालिकाका १,१ जना रहेका छन् ।
उनीहरुको बिहीबार बिहान वर्षासँगै परेको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।










