
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंका २८, ललितपुर र भक्तपुरका २, २ जना गरी ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार देशभर कोरोना संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ ।















