
काठमाडौं । केहि दिनदेखि समाजिक सञ्जाल र अनलाईन समाचारमा एउटा विषयले निकै चर्चा पाएको छ । त्यो चर्चाकी पात्र हुन् पूर्वराजकुमारी पूर्णिका शाह ।
पछिल्लो केही समय यता शाह बेला बेला चर्चामा आइरहन्छिन् । केही समय पहिले आमा हिमानीसँग थाइल्याण्डमा टिकटक बनाएर चर्चामा आएकी उनी त्यसको केही समयपछि सामाजिक सञ्जालमा आफूले प्रेमी भेटिसकेको स्टाटस लेखेर चर्चामा आएकी थिइन् ।
हुन त उनका बुवा पूर्वयुवराज पारश शाहले पनि बेला बेला चर्चा पाईरहेका छन् । उनको बुवाको गुण त भन्न मिलेन तर पूर्णिकाको पछिल्लो गतिविधिलाई लिएर निकै चर्चा भइरहेको छ ।
यो पटकको पूर्णिकाको चर्चा भने प्रेमी रोजेको खबर हो । उनले आफूले प्रेमी भेटाइसकेको बताएकी छन् । छोरी ठूली भइसकेकाले उनले रोजेको प्रेममा उनकी आमाको पनि साथ र सहयोग छ ।
जानकारी अनुसार डेटिङमा आमा हिमानी शाहको पनि साथ रहेको छ । उनले प्रेमी रोजेको कुरा गोप्य राखेपनि एकाएक चर्चामा पुगेको छ ।
हिमानी र पारशकी ठूली छोरी पूर्णिकाले आफूभन्दा १० बर्ष जेठा युवकसँग प्रेममा परेको कुरा जनआस्था साप्ताहिकले छापेको थियो । पूर्णिका सामाजिक संजालका प्रस्तुतीहरुको कारण युवामाझ आफूमात्र लोकप्रिय भइनन्, लकडाउनको बेला टिकटक ट्रेण्डमा आमा र बहिनीसहित सहभागी हुँदा निकै फ्यान बटुलेकी छिन् ।
को हुन् त पूर्णिका प्रेमी ?
पूर्णिकाले आफू एक युवकसँग गहिरो प्रेममा रहेको सार्वजनिक गरेकी छन् । पूर्णिकाका प्रेमी भने श्रीपेज धारण गर्ने नेपालका पहिलो र ब्रिटिशले पनि पहिलो प्रधानमन्त्री स्वीकारेका मुख्तियार माथवरसिंह थापाका सन्तान हुन्।
माथबरसिंह थापा वि.सं. १८७१–७३ को नेपाल–अंग्रेज यु–द्धका कमाण्डर हुन् । नेपाल प्रहरीको एआइजीबाट ०७३ सालमा रिटायर्ड भएका सुशीलबरसिंह थापा र त्यही बेला नेपाल सेनाको लेफ्टिनेन्ट कर्णेलको पाँच बर्षे पदावधि लागेर अवकाश पाएपछि सेभ द चिल्ड्रेनमा कार्यरत राजीबरसिंह थापा हुन् ।
तिनै सुशीलबरसिंहका छोरा, राजीबबरसिंह र नम्रताका भतिज धर्मबरसिंह थापा हुन् पूर्णिकाका प्रेमी । थाइल्याण्डमा अध्ययन गर्ने क्रममा पूर्णिकाले धर्मलाई भेटेकी थिइन ।
काठमाडौंको भोटेबहाल पुख्र्यौली थलो भई अहिले विभिन्न ठाउँमा छरिएर बस्ने बरसिंह थापा खलक पहिलादेखि नै शाही परिवार नजिक छ । र्धम सानातिना ठेक्कासहित जमिन र बिल्डिङ बेचविखनको काम गर्छन । प्रायः दरबारमार्ग, ठमेल, लाजिम्पाटतिर उनीहरुको जमघट भइरहन्छ । उनीहरुको कतिपय डेटिङमा आमा हिमानी पनि साथमा हुन्छिन् ।
पूर्वयुवराज पारशका तमाशाहरु देख्दा र सुन्दा लाज लाग्नेखालका भएपनि पत्नी र छोरीहरु सभ्य र सामाजिक छविका साथ देखिँदा प्रशंसकहरुको ताँती छ ।









