
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ ८६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयद्धारा सोमबार दिइएको जानकारी अनुसार देशभर २७ वटा प्रयोगशालामा ४ हजार २१७ नुमना परिक्षण गरिएकोमा १७६ जना थप संक्रमित भेटिएका हुन ।
योसंगै नेपालमा अहिलेसम्म संक्रमितको संख्या १७ हजार ८४४ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना निको भएर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १७३ रहेको र आजसम्म ११ हजार ८६८ जना निको भएर अस्पताबाट डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।










