पूर्वडीआईजी कोइरालाको फैसला उपर परेको निवेदनमाथि आज सुनुवाइ हुँदै


काठमाडौं । पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी भएको फैसला उपर परेको पुनरावलोकन निवेदनमाथि आज सुनुवाइ हुँदै छ ।

सर्वोच्चको फैसलापछि बिहीबार जेलमुक्त भएका कोइरालाबारे परेको पुनरावलोकन निवेदन आइतबार पेशीमा चढ्ने बताइएको छ ।
आइतबार पुनरावलोकनको अनुमति पाएमा यो मुद्दामा सर्वोच्च अदालतका तीन वा सोभन्दा बढी न्यायाधीशहरुको इजलासबाट सुनुवाइ गर्ने छन् ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले श्रीमती हत्या आरोपमा जेल भुक्तान गरिरहेका कोइरालाको कैद घटाएर फैसला गरेका थिए । उक्त फैसलामा महान्यायाधिवक्ताको कार्यालयले फैसला पुनरावलोकनका लागि निवेदन दर्ता गराएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार